Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – डडेल्धुरामा कोरोना परीक्षणका लागि लागि पीसीआर मेसिन स्थापना गर्न ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले सञ्चालन गरेको सहयोग संकलन अभियानमा रकम जम्मा हुने क्रम बढेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई लक्षित गरी पीसीआर मेसिन स्थापनाका लागि सुरु गरिएको सहयोग संकलन अभियानमा हालसम्म जनस्तरबाट झण्डै ४८ लाख रकम जम्मा भएको हो । अभियानमा विश्वका बिभिन्न मुलुकमा सुदूरपश्चिमेली समाज र प्रवासमा रहेका सुदूर पश्चिमका अगुवाहरुले साथ दिएका छन् । अभियानको सुरुवातमा श्याम तायल र मानसिंह सावद लगायत ह्युमानिटी फाउण्डेसनको तर्फबाट १८ लाख रकम उठेको छ । त्यसैगरी पछिल्लो दुई दिनमा धनगढीबाट झण्डै १८ लाख रकम उठेको छ ।

त्यसैगरी अमेकिामा १० हजार तीन सय डलर उठेको छ । विभिन्न देशकहरुमा रकम संकलन हुने अभियान जारी रहेको ह्युमानिटी फाउण्डेशनले जनाएको छ । विहीवार मात्रै १५ लाख ७५ हजार रुपैया संकलन भएको छ । धनगढीका बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले १० लाख रुपैया सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलसहितको टीमलाई बरिष्ठ उद्योगपति अग्रवालले पीसीआर मेसिनको खरीदका लागि सहयोग गरेका हुन् ।

त्यस्तै आरपी ग्रुपका सञ्चालक राजकुमार अग्रवालले ३ लाख ५१ हजार रुपैया प्रदान गरे । ‘मैले जे जति कमाए । यही समाजबाट कमाए ।’ अग्रवालले भने, ‘समाज संकटमा परेका बेला मैले कमाएको सम्पत्ती यो समाजको काम नआए त्यसको के अर्थ । यही सोचले सहयोग गरेको हुँ ।’ त्यसैगरी बरिष्ठ आँखा चिकित्सक डाक्टर विद्याप्रसाद पन्तले च्यारिटी हेल्थ फाउण्डेसन र व्यक्तीगत तर्फबाट दुई लाख प्रदान गरे ।

सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्स भवगती बडालले १० हजार रुपैया सहयोग गरिन् । नेपाल टेलिकम वकर्स युनियन क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र कठायतले युनियनका तर्फबाट १५ हजार रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हस्तान्तरण गरे । यो अभियानमा मिश्र जनरल स्टोर, धनगढीले एक लाख रकम सहयोग गरेको छ । खेमराज मिश्र र उनीहरुका छोराहरु गणेश मिश्र र प्रशान्त मिश्रले फाउण्डेसनलाई सहयोग गरेका हुन् । उनीहरुले आफै वोलाएर सहयोग गरेको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।

धनगढी आसपासका क्षेत्रका वासिन्दाहरुले सक्दो सहयोग गर्दै पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरिरहेका वेला विदेशमा पनि यो अभियान थालिएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका नेपालीहरु र त्यसमा पनि सुदुरपश्चिमेलीहरु पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् ।

प्रवासमा रहेकाहरुले आफु रहेको देशमा सहयोग संकलन गर्दै मेसिन खरिदका लागि रकम पठाईरहेका छन् । सहयोग संकलन अभियानमा हातेमालो गर्नेहरुमा अमेरिकाका सुदरपश्चिमेलीहरु सवैभन्दा अगाडी रहेका छन् । अमेरिकामा आनन्द बिष्ट, रामवहादुर देउवा लगायतको अगुवाईमा अभियान चलिरहेको छ ।

पीसीआर प्रयोगशालाको स्थापनाका लागि सुदूर पश्चिम समाज अमेरिकाले सवैभन्दा पहिले सुरु गरेको सहयोग संकलन अभियानलाई अमेरिकाका विभिन्न राज्यहरुमा सञ्चालन गरिरहेको छ । सुदूर पश्चिम समाज न्यूयोर्क, केन्टुकी, मेरिल्याण्ड, विस्ककिन्सन, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, म्यासाचुट्समा अभियान सञ्चालित रहेको छ ।

हालसम्म अमेरिकाबाट १० हजार तीन सय अमेरिकी डलर अर्थात १२ लाख ५८ हजार नेपाली रुपैया आईसकेको छ । थप रकम आउने तयारीमा रहेको छ भने त्यहाँ रहेका एक नेपालीले अमेरिकाबाट उठ्ने बरावरकै रकम आफुले व्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा पनि गरेका छन् । अमेरिका मात्रै युरोपका देशहरुमा पनि रकम संकलन अभियान थालिएका छन् । युरुपका विभिन्न देशहरुमा रहेका सुदुरपश्चिमेलीहरुले सक्दो सहयोग गरिरहेका हुन् ।

युरोपका वेल्जियम, नर्वे, वेलायत, डेनमार्क लगायतका देशहरुमा अभियान सञ्चालन गर्दै रकम संकलन गरिरहेका छन् । एनआरएनए कि युरोप महिला संयोजक योगिता थापा (वेल्जियम), जितेन्द्र शाही (नर्वे), महेश खत्री (डेनमार्क), सुरेन्द्र ढुंगाना (बेलायत) ले अभियानको नेतृत्व गरिरहेका छन् । अष्टेलियामा पनि अभियान फैलिएको छ । एनआरएनए अभियन्ता स्वतन्त्र प्रताप शाहले अस्ट्रेलियामा पिसीआर मेसिन जडानका लागि अभियान संञ्चालन गरेका छन् । उनले हालसम्म ८ सय अष्टेलियन डलर संकलन भएकोमा १० हजार डलर संकलन गर्ने लक्ष्य राखेको बताए ।

एसियाको दक्षिण कोरियामा अग्नी कोईरालाले नेतृत्व गरिरहँदा जापानमा आशिष रावल लगाएत सुदर पस्चेमेलीहरुले अभियान बढाई रहेका छन । यसै बिच गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको अपिल समेत गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पुर्व केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले हालको अवस्थामा धनगढीमा रहेको एजमात्र प्रयोगशालाले धान्नै नसकिने गरी कोरोनाको नमुना जाँचका लागि थ्रोट श्वाव संकलन भएको र सुदुर पश्चिमका सात वटा पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा मेसिन थपिनु अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

हाल अफ्रिकी देश नाइजेरियामा कार्यरत थापाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना र पीपसीआर किटहरु उपलब्ध गराउनका लागि ह्युमानिटी फाउण्डेसन नेपाल धनगढी र प्रवासमा रहेका सुदूरपश्चिमका गैरआवासिय नेपालीहरु जुटिरहेको बताउँदै यसमा सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।

त्यसैगरी न्युयोर्कबाट नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष एब नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिस्टले संसार भरका सुदुर पश्चेमिली मित्रहरू र यसका शुभचिन्तकहरुलाई अहिले भारत लगाएत प्रवासबाट आएका नेपालीहरुको त्यहा कोरोना परिक्षण गर्न साधन अपुग भइ रहेकोले यसका लागि आआफ्नो तर्फ बाट सहयोग गरिदिन हुन आह्वान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया