काठमाडौं – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ ।
सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले बजेटमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, कृषि आत्मनिर्भरता र रोजगारी स्थापनालाई जोड दिएका छन्। कोरोनाले निम्त्याएको बिरोजगारीलाई बजेटले विशेष सम्बोधन गरेको छ । उत्पादन र रोजगारीका थप अवसर सुधार गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्य लिइएको छ ।
कृषिलाई आत्मनिर्भरताको आधारसिलता बनाउने, स्वस्थ्य सेवाको सुनिश्चितता गर्ने, विदेशबाट फर्किएकालाई प्रदेशमै रोजगार बनाउने, डिजिटल प्रदेश निर्माण गर्ने, अनावश्यक खर्च कटौटी गर्र्नु बजेटका प्राथमिकता रहेका छन् । पदाधिकारीको इन्धन, सवारी, मर्मत खर्च काटिएको छ ।
भने विदेश भ्रमण बजेट शुन्य र सुरक्षा तथा स्वास्थ्यका बाहेक अन्य सवारी साधन खरिद नगर्ने बजेटमा उल्लेख छ। बजेट कार्यान्वनबाट आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक बृद्धि हासिल हुने अपेक्षा गरिएको छ । कोरोनाको क्षति न्युनिकरण र आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बजेटको पूर्णपाठः-