Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

बेलायत – बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स-रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाइ गर्ने जनाएको छ ।क

म्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन् । उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट गरेका छन्

। इन्टले भनेका छन्, ‘हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिंड्नुको विकल्प छैन ।’ रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ । कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया