Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए-३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गर्ने निश्चित भएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पिआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलोपटक विसं २०७६ चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता भइसके पनि नियमित उडान हुनसकेको छैन ।

निगमले यसअघि चीनको बेइजिङ, चाङ्सा र ग्वान्जाओमा कार्गो चार्टर्ड उडान गरिसकेको छ । पछिल्लोपटक मङ्गलबार र सोमबार निगमको दुई वाइडबडी जहाले कार्गो उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । ती स्वास्थ्य सामग्री नेपाली सेनाले खरिद गरेको हो ।

तपाईको प्रतिक्रिया