Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपाल आयल निगमले कोरोना जोखिम बढ्दै गएको भन्दै पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने भएको हो।

बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।

निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित रहेर काम गर्नेहरु अर्थात भारतमा नै पुगेर आयत गर्नेमार्फत जोखिम बढ्दै गएकोले उनीहरुको कोरोना परिक्षणको लागि सम्बन्धित निकायलालाई आग्रह गर्ने निर्णय समेत निगमले गरेको छ।

निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको छ।

तपाईको प्रतिक्रिया