Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

नयाँ दिल्ली – भारतमा लकडाउनको कारण बन्द रहेको मदिरा पसल सोमबादेखि खुलेपछि किन्नेको भीड लागेको छ । मदिरा किन्नेको भीड लागेपछि दिल्ली सरकारले मंगलरबारदेखि मदिरामा ७० प्रतिशतसम्म कोरोना कर तिर्नुपर्ने नियम लागु गरेको छ ।

मुख्यमन्त्री केजरीवालले मदिराको अधिकतम मूल्यमा थप ७० प्रतिशत कोरोना कर भुक्तानी गर्नुपर्ने निर्णय गरेका हुन् । पसल खुलेसँगै सोमबार मदिरा पसलमा भीडलागेपछि प्रहरीले सामाजिक दुरी कायम नगरेको भन्दै पसलअगाडि जम्मा मानिसहरुमाथि लाठीचार्जसमेत गरेका थिए ।

मदिरामा ७० प्रतिशतसम्म शुल्क बृद्धि भएपछि दिल्लीमा मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ । कोरोनाभाइरसको संक्रमण तथा रोकथामको लागि भारतम गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ । लकडाउन गरेपनि कोरोना संक्रमित भने तीव्र गतिमा फैलिरहेका छन् ।

मंगलबारसम्म भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया