Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
अस्पतालबाट डिस्चार्ज हुने बेलामा गार्ड अफ अनर दिएर सम्मान व्यक्त गर्दै चिकित्सक तथा नर्सहरु तस्बिर : ट्विटरबाट

लन्डन – दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालबाट डिस्चार्ज हुने बेलामा डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए । उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल अस्पतालमा उपचाररत अल्बर्ट शुक्रबार डिस्चार्ज भएका हुन् ।

बेलायती सेनामा रहँदाको युवा अवस्थाका अल्बर्टको तस्बिर

लडेर पाखुरामा चोट लागेपछि उनी तीन हप्ताअघि अस्पताल भर्ना भएका थिए । तर स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । अल्बर्टका ४९ वर्षीय नाति स्टिफन गेटरका अनुसार दोस्रो विश्वयुद्धका बेला उननी उत्तरी अफ्रिकामा बम विस्फोटमा घाइते भएका थिए ।

बम विस्फोटमा घाइते भएका उनलाई दुस्मनले बन्धक बनाएर राखेका थिए । त्यहाँबाट उनलाई नाजीहरुद्वारा नियन्त्रित जर्मनीको स्टालाग एक्स आई बी क्याम्पमा बन्दीका रुपमा ३ वर्ष राखिएको थियो ।

तपाईको प्रतिक्रिया