Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – फ्रान्स र बेल्जियमबाट आएकी कोरोना संक्रमित दुई युवतीसँगै कतारबाट आएका चितवनका तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

शनिबार अपरान्ह आएको नतिजामा तीन जनाको नतिजा नेगेटिभ आएको र बाँकी दुई जनाको परीक्षण जारी रहेको भरतपुर कोरोना अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले जानकारी दिए । आजै आएको नतिजामा बाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

बेल्जियमबाट आएकी आजको संक्रमित युवती र अघिल्लो संक्रमित युवतीसँगै कतारको दोहाबाट एउटै जहाजमा आएका थिए । गत चैत ४ गते दुवै संक्रमित युवती कतारको दोहाबाट कतार एअरको क्युआर ६५२ जहाजमा नेपाल आएका थिए । जहाजमा उनीहरूसँगै १ सय ५८ जना यात्रु थिए ।

तपाईको प्रतिक्रिया