Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापानको अर्को नाम साकुराको देश हो । साकुरा फुल्ने मौसममा जापान नयाँ दुलहीझैं सिगारिएर प्रकृतिप्रेमप्रतिको मानवभावना त्यसै त्यसै स्खलित बनाईदिन्छ ।
यतिबेला जापानको धेरैजसो पार्क, उद्यान, बगैचा, नदिका किनार वा सडकका दुई किनारामा ढकमक्क फुलेका साकुराका फूलहरुले हरेकको मनलाई प्रफुल्लित बनाईरहेको हुन्छ । ढकमक्क फुलेका साकुराको बोटमुनि झुम्मिएर परिवार, आफन्त वा मनमिल्ने साथीभाइहरुसंग भावनामा भावना साटासाट गर्दै गफिनु, हौसिनु र रौसिनुको मजा नै अर्कै हुन्छ ।

ठीक यतिनै बेला सारा विश्वका करीव ७ अर्व मानव एकातिर र कोरोना नामको भाइरस अर्कोतिरबीच युद्ध चर्किरहेको छ । यो युद्धमा एक्काइसौं शताब्दीको चेतनासहित विज्ञान र प्रविधिले सुसज्जित आधुनिक मानव समुदायले जित्न पनि सकिरेहेको छैन न त हार्न नै, रुन पनि सकेको छैन न त हांस्न नै । तर मानव बाहेकका अन्य जीवजन्तु, चराचुरुङ्गी, बोटबिरुवा भने यस महायुद्धमा सामेल छैनन् । यसलाई कतिपयले प्रकृतिमाथि मानव जातिले गरेको ज्यादतीबिरुद्ध थोपरेको सजायँकारुपमा ब्याख्या गर्न थालेका छन् ।

सोही कोरोना भाइरसको महामारीका कारण यसवर्ष सुन्दर साकुरा पुष्पावलोकन गरिने पर्व हानामी नराम्रोसंग प्रभावित हुने भएको छ । तिब्रर गतिमा संक्रमण फैलिएको र थप फैलन सक्ने खतरालाई मनन गर्दै टोकियो महानगरिय सरकारले यो वर्ष हानामी नगर्न धेरै पहिलेदेखि नै अपिल गर्दै आएको भएता पनि शुक्रबारदेखि भने केही महत्वपूर्ण त्यस्ता स्थलहरुमा बन्देज नै लगाईएको छ । जसअनुसार हानामीका लागि प्रसिद्ध मानिने उएनोको पार्क शुक्रबार साँझदेखि पूर्णतया बन्द गरिएको छ । क्षणिक रमाईलोका लागि मानव जीवन नै जोखिममा पारेर हानामीमा नजान, भिडभाड नगर्न र भाइरस संक्रमण हुने खतरा नमोल्न यस्तो गरिएको टोकियो गभर्नर युरिको कोइकेले बताएकी छिन् । शुक्रबार साँझ एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गभर्नर कोइकेले १ करोड ३० लाख घरपरिवार रहेको राजधानीबासीलाई घरबाहिर ननिस्कन पुनः आग्रह गरेकी हुन् ।

आफ्नो र अरुका लागि पनि जोखिमबाट बच्न र बचाउन घुमफिर तथा हानामी एवं भेटघाटमा सरिक नहुन उनले पटक पटक अपिल गर्दै आईरहेकी छिन ।

’जसरी ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय खेलकुद महामेला स्थगन भई अर्को वर्षलाई सारियो, त्यसरी नै हानामी पनि अर्को वर्ष मनाऔंला, रमाऔंला, यतिबेलाको प्राथमिकता भनेको मानव जीवन रक्षाको हो’ – टोकियो गभर्नर कोइकेले भनिन् -’हामीमाथि समयले थोपरेको संकटसंग सबै मिलेर जुध्नु छ, त्यसमा सबैको हातेमालोको आवश्यक छ । ’

महानगरले हानामीको पिक समय मानिएको यस सप्ताहान्तभरि राजधानीका मुख्य मुख्य पार्क, मनोरञ्जन स्थल, चिडियाखाना, आक्युरियम, कफिशप, डिपार्टमेन्ट स्टोर लगायतका सार्बजनिक महत्वका प्रमुख स्थलहरु सबै बन्द गरेको छ ।

उएनो, सुमिदागावा, हाराज्युकु, योयोगी, मेगुरो, कुदानशिता जस्ता पार्क तथा उद्यानहरु हानामीका लागि मानिसहरुको पहिलो रोजाईमा पर्ने मुख्य मुख्य स्पटहरु हुन् । ***

तपाईको प्रतिक्रिया