Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

’आपतकालिन अवस्था घोषणा हुन सक्ने’

टोकियो – टोकियो गभर्नर युरिको कोइकेले कोरोना भाइरस संक्रमणको दृष्टिले अहिले सबैभन्दा उच्च जोखिमयुक्त पिरियड चलिरहेकोले सकेसम्म घरबाहिर ननिस्कन महानगरबासीलाई अपिल गरेकी छिन् ।
बिहीबार साँझ पत्रकार सम्मेलनमा बोल्दै गभर्नर कोइकेले राजधानीमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको पाईएकोले यो जोखिमपूर्ण समयमा सकेसम्म घरबाहिर ननिस्कन महानगरबासीलाई आग्रह गरेकी हुन् ।

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या टोकियोमा अघिल्लो दिन बुधबार एकैदिन ४१ जना पुष्टि भएकोमा बिहीबार यो संख्या बढेर थप ४७ पुगेपछि गभर्नर कोइकेले स्थिति अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको बताईन् । उनले यस विषम परिस्थितिमा जोखिमबाट बच्न, रोकथाम गर्न तथा न्युनिकरण गर्न केन्द्रिय सरकारसंग समन्वय गर्दै आवश्यक थप कदम चालिने बताईन् ।

जापानका सञ्चारमाध्यमहरुका अनुसार बुधबार पुष्टि भएका नयाँ संक्रमितहरु मध्य ११ जना ताइतो वार्डस्थित इजु जेनेरल हस्पिटलसंग सम्बन्धित रहेको पाईएको छ । ती मध्यका केही ब्यक्ति केहि समय अगाडि विदेश घुम्न गएर आएका थिए । उक्त हस्पिटलमा १ जना नर्स र १ जना बिरामी कोरोना भाइरसबाट संक्रमित भएको त्यसअघि नै पुष्टि भएको थियो ।

गभर्नर कोइकेले कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न, कम गर्न र फैलिन नदिन महानगरवासीहरुलाई सहकार्य गर्न समेत अपिल गरिन् । उनले सकेसम्म घरबाहिर नजाने, संभवभएसम्म घरबाटै काम गर्ने, रेष्टुरेन्ट तथा मानिसहरुको भिडभाड हुने स्थानमा नजाने र आधिकारिक निकायद्वारा जारी गरिएका महत्वपूर्ण मापदण्ड अनिवार्य पालना गर्न पनि नगरबासीलाई अनुरोध गरेकी छिन् ।

जनसंख्याका दृष्टिले विश्वमै बाक्लो जनघनत्व भएको राजधानी टोकियोमा स्थिति थप गम्भीर हुँदै गएकोतर्फ संकेत गर्दै गभर्नर कोइकेले कोरोना भाइरसको केन्द्रबिन्दु अहिले टोकियो भएको बताईन् ।

उनले संभव भएसम्मका सबै उपाय अवलम्बन गरिसकिएकोले अबको स्टेप भनेको क्रमशः सार्बजनिक स्थलहरु बन्द गर्ने, सिटी लक डाउन गर्ने र आवश्यक परेमा आपतकालिन अवस्थाको घोषणा गर्ने रहेको बताईन् । यस सम्बन्धमा प्रधानमन्त्री शिन्जो आबेसंग निरन्तर परामर्श भईरहेको गभर्नर कोइकेले बताईन् ।
जसअनुसार अहिले साकुरा हेर्ने हानामीको मौसम चलिरहेकोले उएनो, हाराजुकु, योयोगी जस्ता पब्लिक आकर्षणका केन्द्रहरु अनिश्चित कालका लागि आंशिक वा पूर्णतया बन्द गर्न सकिने गभर्नर कोइकेले बताईन् ।

यसैबीच टोकियो गभर्नर कोइकेले छिमेकी प्रिफेक्चरहरु साइतामा, चिवा, खानागावा, यामानासीका स्थानीय सरकार प्रमुखहरुलाई पनि आ-आफ्ना नगरबासीलाई केही समयका लागि टोकियो क्षेत्रमा आवत-जावतमा रोक लगाउन अनुरोध गरेकीछिन् । जसअनुसार खानागावा प्रिफेक्चरका गभर्नर युकी कुरोइवाले टोकियो गभर्नरको प्रस्तावमा ऐक्यबद्धता जाहेर गर्दै आफ्ना नगरबासीलाई घरबाहिर ननिस्कन अपिल गरेका छन् भने उता साइतामा प्रिफेक्चरका गभर्नर मोतोहिरो ओनोले पनि साइतामाबासीलाई घरबाहिर ननिस्कन वा घुमफिरका लागि टोकियो नजान उर्दी जारी गरिसकेका छन् ।

कोरोना भाइरसको संक्रमणका विरुद्ध अगाडि चालिनुपर्ने तात्कालिक कदम र बिकसित घटनाक्रमका बारेमा छलफल गर्न टोकियो गभर्नर कोइके र प्रधानमन्त्री आबेबीच बिहीबार साँझ गभर्नरको कार्यालयमा भेटवार्ता भएको थियो ।

युरोप र अमेरिकाकै गतिमा जापानमा पनि कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिनानुदिन तिब्र रुपले बढेपछि जापान सरकारले भाइरस विरुद्ध लड्न बिहीबार पुनः अर्को स्पेशल टास्क फोर्स (उच्चस्तरिय विशेष कार्यदल) गठन गरेको छ । सरकारका प्रतिनिधि, विषयका ज्ञाता र अन्तर्रराष्ट्रिय अनुभव र अभ्यासका ब्याख्याता सम्मिलित सो टास्क फोर्स आबे सरकारको दोस्रो टास्क फोर्स हो ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया