Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।  पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ ।

तपाईको प्रतिक्रिया