Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले कोभिड-१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको उपचारका लागि त्यस प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको हो । मन्त्रिस्तरीय निर्णयका आधारमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर हाल कार्यरतलाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड-१९ को रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने योजना बनाएको हो ।

त्यस्तै मन्त्रालयले सम्बन्धित कलेजसँग समन्वय गरी एमबिबिएस र एमडी अध्ययनरतलाई परिचालन गर्न पनि सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया