Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राखिने भएको छ । यसका लागि आइतबार काठमाडौं महानगर र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर सुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट  कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरे । सम्झौताबमोजिम चालु आर्थिक वर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ  ।

यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ ।  सम्झौतापछि प्रमुख शाक्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रविधिजन्य प्रणाली जडान गर्दै लगिने बताए ।

अहिले १ हजार ५ सय लिटरको ट््याङ्कीबाट दिइने सेवालाई पछि सोझै मेलम्चीको पाइप जडान गरिने योजना रहेको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । स्थानापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटिएमको लागत मुल्य करीब १५ लाख ७५ हजार रहनेछ ।

उपभोक्ताले आवश्यक नभए पनि १ लिटर पानी खरिद गर्नु पर्ने बाध्यकारी अवस्था आउँछ । वाटर एटिमको सुविधा विस्तार भएपछि उपभोक्तालाई चाहिए जति मात्र पानी खरिद गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ । वाटर एटिएम एउटा उपकरण हो । यसमा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ । त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ । यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ । यो पानी बोतलमा थाप्न सकिन्छ ।

तपाईको प्रतिक्रिया