Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को जोखिममा युवाहरुमा समेत उत्तिकै रहको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ । हालसम्मको अवस्थाले बृद्धबृद्धामा उच्च जोखिम रहेको पाइएपनि युवाहरु समेत सचेत रहन आवश्यक रहेको डब्लूएचओले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेहरुमा युवाको तुलनामा बृद्धबृद्धा धेरै भएपछि युवाहरुको सतर्कता कम देखिएको भन्दै नअपनाएको पाइएकाले डब्लूएचओले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो । यसैविच कोरोना भाईरसका कारण इटलीमा हिजो एकैदिन ६ सय २७ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय ६२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएमा महिला भन्दा पुरुषलाई बढी जोखिम हुने देखिएको छ । चीनमा भएको अध्ययनमा कोरोना संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु हुने जोखिम बढी देखिएको हो । यस्तै उमेर समूहको कुरा गर्दा बालबालिकाको तुलनामा संक्रमित पाको उमेरका व्यक्तिको मृत्यु हुने सम्भावना बढी देखिएको छ ।

चीनको रोग नियन्त्रण केन्द्रले गरेको अध्ययनमा महिला तथा बालबालिकामा कोरोनाको गम्भीर प्रभाव पुरुष तथा पाको उमेरका व्यक्तिमा भन्दा कम देखिएको हो । ४४ हजार व्यक्तिमा गरिएको अध्ययनमा कोरोना संक्रमित भएका मध्ये २.८ प्रतिशत पुरुषको मृत्यु भएको छ । तर महिलामा यो दर १.७ प्रतिशत छ । यस्तै संक्रमित भएका बालबालिका तथा किशोरकिशोरी मध्ये मृत्यु हुनेको संख्या ०.२ प्रतिशत मात्रै छ ।

तर पाको उमेरका व्यक्तिमा भने यो दर बढी रहेको केन्द्रले जनाएको छ । ८० वा त्यो भन्दा माथिको उमेरका संक्रमित व्यक्तिमा मृत्युदर झण्डै १५ प्रतिशत देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया