Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न नेपालका बैंकहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि आग्रह गरेका हुन् । उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखाहरूमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

बैंकहरूमा हुने भीडभाड कम गर्नका लागि बैंकहरूले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैंकर्स संघको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस पनि निःशुल्क हुने जनाइएको छ । वित्तीय संस्थाका प्रतिनिधि संस्थाहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस्तो सुविधा उपलब्ध हुने स्पष्ट पारेका छन् ।

यसैबीच नेपाल क्लियरिङ हाउसले पनि एक विज्ञप्ति जारी गर्दै कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क यही चैत मसान्तसम्मका लागि मिनाहा गर्ने जानकारी गराएको छ ।

क्लियरिङ हाउसले मोबाइल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट-मोबाइल बैंकिङ च्यानल तथा अन्य अप्रत्यक्ष-प्राविधिक सदस्यको च्यानललगायतबाट कनेक्ट आईपीएस ई-पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ । बैंक वित्तीय संस्थामा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । यस्तो व्यवस्थाले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने जनाएको छ ।

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा एक वा सोभन्दा बढी बैंक खाता लिंक गरी फन्ड ट्रान्सफरलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु. १० लाख र मोबाइल एप्सबाट एक लाख रुपियाँसम्मको प्रतिकारोबार रियल टाइममा गर्न सकिन्छ ।

नोट कारोबार गर्दा कोरोनालगायत विभिन्न किसिमका कीटाणु सर्नसक्ने सम्भावना रहेकाले बैंकहरूले नोटको प्रयोगलाई निरुत्साही गर्न यस्तो योजना ल्याएका हुन् । पछिल्लो एक अध्ययनले नोट अत्यधिक फोहोर हुने र यसमा सयौँ कीटाणु रहने देखाएको छ ।***

तपाईको प्रतिक्रिया