Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

Modiकाठमाडौं – कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यू घोषणा गरेका हुन् । जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई ‘जनता कर्फ्यू’ नाम दिइएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले ‘जनताको लागि, जनताद्वारा लगाइएको कर्फ्यू’ भनेका छन् । जसलाई निकै क्याची र अर्थपूर्ण मानिएको छ । यसको अन्यत्र पनि अनुसरण हुने संभावना देखिन्छ ।

जुन कर्फ्यू आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुने छ । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफै जोगिने संकल्प गर्नुपर्दछ,’ मोदीले भने ।

भारतमा १ सय ७३ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ । थप क्षति नहोस् भनेर सरकारले कर्फ्यू लागु गरेको हो । प्रधानमन्त्रीले सम्बोधनको क्रममा पहिले झैँ बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले भाइरसबाट बच्न जनतालाई स्वयं संकल्प गर्न पनि आग्रह गरेका थिए । संसार नै उक्त भाइरसका कारण संकटमा परिरहेका बेला भारतमा सरकारले नयाँ निर्णय गरेको बताइएको छ । ***

तपाईको प्रतिक्रिया