Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – विश्वभर कोरोना (कोभिड-१९) भाइरसको त्रास छ। हङकङमा कोरोना संक्रमणपछि क्‍वारेन्टाइनमा राखेर निको भएको एक कुकुर समेत मरेको खबर सार्वजनिक भएको छ।

गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो ।

अस्पतालले कोरोनाको सङ्क्रमणबाट मुक्त घोषणा गरेर घर पठाएपछि कुकुरको मृत्यु भएको हो । १७ वर्षको पोमेरेनियन प्रजातिको कुकरकी मालिकलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।

कुकुरमा सङ्क्रमण देखिएपछि सरकारले छुट्टै केन्द्रमा राखेको थियो र एक हप्तापछि उसलाई घर पठाइएको थियो ।

साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार हङकङ कृषि, मत्स्यपालन तथा संरक्षण विभागका प्रवक्ताले भने, ‘कुकुरकी मालिकमार्फत विभागले गएको १६ मार्चमा कुकुरको मृत्यु भएको थाहा पाएको थियो । कुकुरकी मालिकले मृत्युको कारण थाहा पाउनका लागि पोस्टमार्टम गर्न मानिरहेकी थिइनन् ।’

कुकुरकी मालिक गएको फेब्रुअरी महिनाको अन्त्यतिर कोरोना सङ्क्रमित भएको पाइएको थियो ।

तपाईको प्रतिक्रिया