Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न जापान सरकारले सकेसम्म घरबाट बाहिर नजान, भिडभाजन्य कार्यक्रम नगर्न र हदैसम्मको सतर्ककता अपनाउन अपिल गरेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले यो महिना (मार्च) को बाँकी रहेका दिनहरुलाई कोरोनाको सबैभन्दा उच्च जोखिमको पिरियड भनेको छ । त्यसकारण पनि राष्ट्रको ठूलो जनशक्ति, धनराशी र जोखिम मोलेर जापानले कोरोनाबाट जोगिन गरेको अपिललाई स्वदेशी तथा विदेशी सर्बसाधारण नागरिकलाई बारम्बार अपिल गर्दै आईरहेको हो । यसै महिनाको अन्तिम साता ढकमक्क साकुरा फुल्ने हानामीको अवसरलाई समेत उत्सवकारुपमा मनाउन र जमघटजन्य भिडभाड कार्यक्रम नगर्न अपिल गरिरहेको सन्दर्भमा नेपाली समुदायले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य जस्तो संवेदनशील बिषय र संक्रमणको उच्च खतराको घन्टी बजिरहेको बेला नेपाली समुदायले पनि केही समयका लागि सोहीअनुसार भिडभाड तथा मनोरञ्जनजन्य कार्यक्रमहरु तत्कालका लागि नगर्न र उच्च सतर्कता अपनाईदिन स्थानीय अधिकारीहरुले अपिल गरेका छन् ।

आफ्नो र अरुको स्वास्थ्यका लागि समेत ख्याल गर्दै छिटो फैलन सक्ने कोरोनाको महामारीलाई खेलांचीको रुपमा नलिन अधिकारीहरुले जोड दिएका छन् ।***

तपाईको प्रतिक्रिया