Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

वेइजिङ् – चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य शहर वुहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा ९ भन्दा कम पाइएको बताइएको थियो । फेबु्रअरीको शुरुमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा दिनहूँ हजारौंको संख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र विरामी पाइएको सो आयोगले जनाएको छ ।

वुहान शहरमा गत जनवरी २३ मा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो । तर हालैका दिनहरुमा प्रान्तको केही भागहरुमा प्रतिबन्धहरुमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई “मौलिक रुपमा रोकेको” जनाएको छ । हाल चीनमा स-साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन् ।

तर बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ । सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ ।

चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया