Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्वभर आतंक सिर्जना गरिरहेको कोरोना (कोभिड-१९) भाइरसबाट मानिसलाई बचाउन पहिलोपल्ट अमेरिकामा विकास गरिएको परीक्षण खोप चार जनालाई लगाइएको छ ।

अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) शुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल शहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनालाई परीक्षण खोप लगाइएको समाचार एजेन्सी एशोसिएटेड प्रेसले उल्लेख गरेको छ ।

जसअन्तर्गत सबभन्दा पहिले दुई सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खोप दिइएको समाचार संस्था एपीले जनाएको छ । खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो ।’ एमआरएनए-१२७३ नाम दिइएको यो खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

दादुरा जस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भाइरसबाट बनाउने गरिन्थ्यो । तर एमआरएनए खोप भने कोभिड-१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएको बताएका छन् । तर खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने अनुसन्धानकर्ताले बताएका छन् । यसमा स्वयमसेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोज दिइएको छ ।

उनीहरुलाई २८ दिनको फरकमा दुई-दुई पटक खोप दिइने जनाइएको छ । शुरुवाती परीक्षण सफल भए पनि यो खोप साधारण व्यक्तिलाई दिने गरी तयार पार्न १८ महिनासम्म लाग्ने बताइएको छ । परीक्षण खोप लगाउन स्वस्फूर्त रूपमा ४५ जना तयार भएको अमेरिकाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको हो । यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोना भाइरससँग लड्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया