Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमण भएका दुई अमेरिकी डाक्टरको अवस्था नाजुक बन्दै गएको छ । आपतकालीन सेवामा कार्यरत दुई डाक्टर गम्भीर बनेको खबर अमेरिकन कलेज अफ इमरजेन्सी फिजिसियन्स एसीइपीले जनाएको छ ।

वासिङ्टनका ४० वर्षका एक डाक्टर र अर्का ७० वर्षका न्यु जर्सीका डाक्टरको अवस्था नाजुक बनेको एसीइपीलाई उदृत गर्दै सीएनएनले जनाएको छ । हालसम्म अमेरिकामा तीन हजार ८०२ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

१५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ । हालसम्म कोरोना भाइरसको औषधि बनिसकेको छैन । अमेरिकामा कोरोनको औषधि परीक्षणमा छ । सोमबारदेखि अमेरिकामा कोरोनाको औषधि परीक्षण हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया