Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या आइतवारसम्म १ हजार ५ सय २८ पुगेको छ । जसमा डायमण्ड प्रिन्सेस पानीजहाजमा आएका ७ सय यात्रुहरुसमेत सम्मिलित छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म जापानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।  कोरोना भाइरस (कोभिड-१९) बाट अति प्रभावित हुने विश्वका चीन, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, फ्रान्स, जर्मनी र अमेरिका पछि जापान नवौं राष्ट्रमा पर्दछ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आइतवार मात्र इटालीबाट टोकियो नजिकैको हानेदा विमानस्थल आईपुगेका दुई इटाली नागरिकको स्वास्थ्य परीक्षणमा पोजिटीभ भेटिएको छ ।

कोरोना भाइरसको उच्च जोखिमबाट सुरक्षित रहन र थप फैलन नदिन प्रधानमन्त्री शिन्जो आबेले अझै केही हप्ता ठूला स्केलका सार्बजनिक कार्यक्रमहरु नगर्न आग्रह गर्दै आईरहेका छन् भने अप्रिलसम्मका लागि विद्यालयहरु बन्द गरिएका छन् । यसैगरी कोरोना भाइरसको महामारीका कारण हुने संभावित आर्थिक मन्दीलाई त्राण दिन जापान सरकारले साना तथा ठूला मझौला ब्यवसायहरुलाई सफ्ट लोन उपलब्ध गराउने घोषणा गरेको छ । ***

तपाईको प्रतिक्रिया