Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमण तीव्र छ । कोरोना भाइरसको संक्रमणबारे कयौं मनगढन्ते कुरा हुँदै आएका छन् । मानिसहरु कोरोनाबारे अफवाहको शिकार भइरहेका छन् । कोरोना भाइरसबारे जोडिएका १० अफवाह जसलाई हामीले सत्य सोँचिरहेका छौं । १० गलत हल्लाको यहाँ चर्चा गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१- यस्तो भनिँदै आएको छ मौसमको तापक्रम बढी भएको अवस्थामा कोरोना भाइरस नष्ट भएर जान्छ । जबकि यस्तो भएको कुनै प्रमाण फेला परेको छैन । गर्मी बढेसँगै केही समयका लागि भाइरस निष्क्रिय हुनसक्छ । तर नष्ट भने हुँदैन ।

२- केही मानिसले यो पनि भन्दै आएका छन् कि तातो पानीले नुहाएमा कोरोना भाइरस शरीरबाट हटेर जान्छ । तर साचो कुरा के हो भने तातोपानीले नुहाउँदैमा तपाईँ कोरोना भाइरसको संक्रमणबाट बच्न सक्नुहुन्न । आफुलाई सुरक्षित राख्ने हो भने एकमात्र विकल्प नियमित रुपमा हात धुनु हो ।

३- कतिपय मानिसले चीनद्वारा उत्पादन भएको सामग्रीमा कोरोना भाइरस हुनसक्ने बताइरहेका छन् । यो हल्लामा विश्वास गर्न सकिँदैन । किनकि सामान एक स्थानबाट अर्को स्थानसम्म पुर्याउँदा जति समय लाग्छ त्यति दिनसम्म भाइरस जीवत रहन मुस्किल हुन्छ । यो अवस्थामा मौसम तापक्रम र अवस्थामा पनि परिवर्तन भइसकेको हुन्छ ।

४- कतिपयले शरीरमा ‘अल्कोहल’ छरेर भाइरसबाट बच्न सकिने तर्क समेत गर्दै आएको पाइन्छ । सोच्नुस् यदि यो भाइरस तपाईँको शरीरमा प्रवेश गरिसकेको छ भने अल्कोहल शरीरमा छर्केर कसरी भाइरस मर्न सक्छ ?

५- यस्तो पनि हल्ला फैलाइएको छ कि जनावरबाट पनि कोरोना भाइरस फैलिन सक्छ । अहिलेसम्म यो कुराको पुष्टि भने भएको छैन । त्यसैले आफ्नो सरसफाईमा विशेष ध्यान दिनुस् ।

६- अर्को दाबी के छ भने निमोनिया र ‘हायमोफिलस इनफ्लूएन्जा’ जस्ता रोगको लागि बनेको ‘भ्याक्सिन’ ले कोरोना भाइरसको उपचार हुन सक्छ । जबकि यो भाइरस एकदम नयाँ हो । त्यसैले यसको उपचारमा पनि नयाँ ‘भ्याक्सिन’कै आवश्यकता पर्दछ ।

७- प्रतिरोधात्मक क्षमता बढाउने औषधिको प्रयोगले कोरोना भाइरसको उपचार हुनसक्ने तर्क पनि गर्ने गरेका छन् । ‘एलोपेथिक’ या ‘होमियोपेथिक’जस्ता औषधिले प्रतिरोधात्मक क्षमता बढाउन सक्छन् । तर मनमा यो भ्रम नपाल्नुस् कि यस्तो औषधिको सेवनले कोरोना भाइरसबाट बाच्न सकिन्छ ।

८- कोरोना भाइरस फैलिएसँगै एम ९५ सर्जिकल मास्कको कारोबार तीव्ररुपमा बढेको छ । जबकि स्वास्थ्य विशेषज्ञले नै यो दाबी गरिसकेका छन् कि स्वास्थ्यकर्मीले मात्रै यो मास्कको प्रयोग गर्न जरुरी छ । यसबाहेक संक्रमित व्यक्तिले पनि मास्क प्रयोग गर्न सक्छन् । मास्क पूर्णरुपमा बचाउ होइन । त्यसैले सामान्य व्यक्तिले सरसफाईमा ध्यान दिनु उचित हुन्छ । यदि तपाईँलाई मास्क प्रयोग गर्नु नै छ भने सस्तो मूल्यमा पाइने ‘सर्जिकल मास्क’ प्रयोग गर्न सक्नुहुन्छ ।

९- आफ्नो मनमा यो भम्र नपाल्नुस् कि कोराना भाइरस रोगीलाई ‘एपन्टवाइटिक’बाट निको पार्न सकिन्छ । यदि अस्पतालमा तपाइँलाई ‘एन्टिवाइटिक’ दिइँदै छ भने त्यो केवल किटाणुको ‘इन्फेक्शन’को कारणले दिइएको हो ।

१०- कतिपयले कोरोना भाइरसकै त्रासका कारण कुखुराको मासु र अण्डा समेत खान बन्द गरेका छन् । यस्तो होइन । यो भाइरस मानिसको खोकी र ह्याछुँबाट बाहिर आउँछ । त्यसैले राम्रोसँग पकाएर वा उमालेर मासु र अण्डा खान सकिन्छ ।  –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया