Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ भने विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था आफैं गर्नुपर्नेछ। क्वारेन्टाइनमा बसे वा नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरुले गर्ने जनाइएको छ।

यो नियम अप्रिल ३० सम्म लागु हुनेछ। तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। यस्तै, उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार अब विदेशबाट फर्किएका सबै नागरिकले १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने भएको हो। आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया नै ‘सेल्फ क्वारेन्टाइन’ हो। कथम्‌कदाचित आफूलाई कुनै रोग या संक्रमण भएको रहेछ भने आफू नजिक हुने अरु ब्यक्तिलाई नसरोस् भनेर सावधानी अपनाउने तरिका पनि हो।

क्वारेन्टाइनमा बस्दा परिवारका सदस्यसँग नजिक गएर कुरा गर्न नहुने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्नुपर्नेे, माक्स लगाउने, छुट्टै बाथरुम प्रयोग गर्ने, क्वारेन्टाइन बसेको व्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग गर्न नहुने बताइएको छ। क्वारेन्टाइनमा बस्दा बेला–बेला शरिरको तापक्रम लिन र संक्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न सरकारले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया