Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरसको संभावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई ‘अन अराइभल’ प्रवेशाज्ञा रोक्ने देखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन भनिएको जनाएको हो।

उक्त निर्णय विदेशस्थित नेपाली नियोगहरूमा जानकारी गराइएको अध्यागमन विभागले जनाएको छ।
विभागले भारतसंग रहेका सीमा नाकाहरूमध्य अध्यागमन र भन्सार कार्यालय जस्ता पूर्वाधार भएका नाकाबाहेक अरूको सञ्चालनमा रोक लगाउन सक्ने पनि उल्लेख गरे।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले बिहीवार साँझ गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा अध्यागमन विभागको पछिल्लो घोषणा आएको हो। ११ बुँदे उक्त सूचनामा विदेशमा बसेका सबै नेपालीहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, – ‘हामीले उहाँहरूलाई आफैँ चनाखो हुनुहोस् र अत्यावश्यक अवस्थामा बाहेक नेपाल वा अन्य कुनै पनि मुलुकमा यात्रा नगर्नुहोस् भनेका हौँ। अहिले विश्वले कोरोनाभाइरसविरूद्ध जुन रणनीति बनाइरहेको छ त्यसै अनुसार हामीले त्यस्तो कुरा गरेका हौँ।’

उनले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरसको संक्रमणलाई महामारी भनेको उल्लेख गर्दै ‘विदेशमा पनि सुरक्षित उपाय अवलम्बन गर्न’ नेपालीहरूलाई अनुरोध गरिएको जानकारी दिए।

विदेशमा कति नेपालीहरू छन् भन्ने यकिन तथ्यांक नरहे पनि वैदेशिक रोजगारीका लागि श्रम स्वकृति लिएर गएका नेपालीको सङ्ख्या ४० लाखको हाराहारीमा रहेको बताइन्छ। अनौपचरिक रूपमा वैदेशिक रोजगारीमा रहेकाहरूको संख्या जोड्दा त्यो लगभग ५० लाख पुग्ने बताइन्छ।अध्यागमन विभागले आफ्नो पछिल्लो सूचना शनिवारदेखि एप्रिल ३० तारिखसम्म लागु हुने जनाएको छ। सो अवधिमा नेपालमा आइसकेपछि विदेशी नागरिकलाई प्रवेशाज्ञा उपलब्ध गराउने पुरानो व्यवस्था स्थगित गरिएको सरकारले जनाएको छ।

विगतमा नै नेपालको प्रवेशाज्ञा लिएका विदेशीहरूले अवतरण हुनुभन्दा बढीमा ७ दिनअघि गरिएको खकारको परीक्षणको प्रमाणपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यलयमा बुझाउनुपर्नेछ। गैरआवासीय नेपालीको हकमा पनि त्यस्तो प्रमाणपत्रलाई अनिवार्य बनाइएको छ र उनीहरूलाई पनि नेपाल आइसकेपछि ‘अन अराइभल भिसा’ उपलब्ध गराउने व्यवस्था स्थगित गरिएको जनाइएको छ। शनिवारबाट नेपालमा प्रवेश गर्ने विदेशी एवम् नेपाली नागरिक दुवैलाई यहाँ आएको मितिले १४ दिनसम्म क्वारान्टाइमा बस्न भनिएको छ। विदेशीलाई स्वयं र स्वदेशीलाई घरभित्र अलग्गै बस्न भनिएको छ। अहिले घोषणा गरिएको व्यवस्था लागु हुने अवधिमा तेस्रो देशका नागरिकलाई स्थलमार्गबाट प्रवेश नदिने भनिएको छ। त्यसबाहेक नेपाली नागरिकहरूका हकमा भारतसंगको खुला आवतजावतलाई पनि निश्चित नाकाहरू तोकेर सीमित बनाउन लागिएको अध्यागमन अधिकारीहरू बताउँछन्। यसबारे गृहकार्य गर्न परराष्ट्रमन्त्रालयको नेतृत्वमा संयन्त्र नै खडा गरिएको छ। अध्यागमन विभागका महानिर्देशक पौडेलले भारतसंग दुईपक्षीय वार्ता गरी छिट्टै यसबारे निर्णय गरिने बताए।अहिलेसम्म नेपाल र भारतबीच भन्सार र अध्यागमन दुवै भएका विन्दुहरू ६ वटा र अध्यागमन मात्रै भएका विन्दुहरू ८ वटा रहेका छन्। नेपाल र भारतबीच झण्डै १८ सय किलोमिटर लामो खुला सीमा रहेको छ। भारतमा ७४ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने सङ्क्रमणका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ।
आवतजावतका लागि प्रयोग हुने भारतसंगका नाकाहरूमा स्वास्थ्य जाँच केन्द्र स्थापना गर्ने नेपाली अधिकारीहरूले बताएपनि त्यहाँ पर्याप्त पूर्वाधारहरू पुर्‍याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। रासस  ***

तपाईको प्रतिक्रिया