Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड-१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो ।

नास्टले महानगरको २९ वडाका एक–एक जना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नास्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् । यदि मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नास्ट र लपु महानगरपालिकाबिच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ ।

तालीममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, ‘हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याक्टेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ ।’ नास्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले जानकारी दिए ।

मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उनले भने, ‘अब हामी छिट्टै तालीम सञ्चालन गर्छौँ । तालीममा स्थानीय रक्सी ९तीनपाने रक्सी०लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ ।’ ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाको मत छ ।

तपाईको प्रतिक्रिया