Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – इटलीले आफ्ना ६ करोड नागरिकलाई घरमै बस्न निर्देशन दिएको छ । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न देशभरि आपत्कालीन उपाय विस्तार गरेको हो ।

सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध यसअघि नै लगाइसकेको छ भने बाहिर निस्कन र हिँडडुल गर्न पनि कडाइ गरेको हो । प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरे ।

इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ । इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन् । आधिकारिक तथ्याङ्कानुसार आइतबार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए । आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, ‘अब हामीसँग धेरै समय छैन ।’ कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए ।

तपाईको प्रतिक्रिया