Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चीनको वुहानबाट फैलिन थालेको कारोना भाइरस (कोभिड–१९) विश्वका एक सय १२ देशमा पुगिसकेको छ ।

धेरै देशमा फैलिए पनि यसको असर बिस्तारै कम हुँदै गएको छ । अहिलेसम्म ४ हजार १२ जनाको ज्यान गएको छ ।

चीनमा सबैभन्दा धेरेको मृत्यु भएको छ । इटालीमा भने मृतक बढिरहेका छन् । ४६३ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ लाख १३ हजार ६०५ पुगेको छ । चीनमा मात्रै संक्रमितको संख्या ८० हजार ७ सय ५४ पुगे पनि ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।

इटालीमा संक्रमित ९ हजार १७२ जना छन् । जहाँ एक करोड ६० लाखलाई क्वारेन्टाइनमा राखिएको छ ।

इरानमा २३७ जना मर्दा ७ हजार १६१ जना संक्रमित छन् ।

दक्षिण कोरियामा ५३ जनाको ज्यान जाँदा ७ हजार ४ सय ७८ जना संक्रमित छन् ।

इरानबाट २ हजार ३९४ जना निको भएर फर्केका छन् । इटालीमा ७२४ जना घर फर्केका छन् ।

चीनमा संक्रमित हुनेको संख्या घट्दै जाँदा निको भएर फर्कने बढ्दै गएका छन् । तर इटालीमा भने संक्रमण नियन्त्रणमा आउन केही समय लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया