Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – नेपालमा अहिलेसम्म चार सय ५० व्यक्तिमा कोरोना परीक्षण भएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् । कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । विश्वका ९० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ, तर नेपालमा अहिलेसम्म फैलिन पाएको छैन ।

हालसम्म  विमानस्थल र अन्य ठाउँमा गरी चार सय ५० जनाको र्‍याल, रगत र अन्य परीक्षण भएको र  अहिले पाँचजनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ  अब कसैमाथि आशंका भए पाटन अस्पतालमा भर्ना गर्ने गरी आइसोलेसन वार्ड तयार पारिएको समाचार छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेपछि सरकारले सतर्कता अपनाएकोे, तर आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया