Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कोरोना भाइरसको संक्रमणको त्राससँगै कालो बजारी गर्नेहरूले फाइदा उठाइरहेका छन्। बजारमा सजिलै र अघिपछिको दरमा मास्क नपाइनु त त्यसको उदाहरण छँदै थियो, अब ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटरको पनि अभाव चुलिएको छ।

संक्रमणको अवस्था थाहा पाउन ज्वरो नाप्नैपर्ने चिकित्सकहरूले बताएपछि राजधानीका अस्पताल र नर्सिङहोमहरूले प्रयोग बढाउँदा बढाउँदै व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरूले पनि आफ्नो प्रवेशद्धारमा इन्फ्रारेड थर्मोमिटरबाट जाँच अनिवार्य गरेका छन्। व्यक्तिगत प्रयोगका लागि खरिद गर्न चाहनेहरूले इन्फ्रारेड थर्मोमिटर खरिद गर्न पाएका छैनन्।

नछोइ परैबाट अर्काको निधारमा देखाएर ज्वरो कति छ भनेर सजिलै थाहा हुने भएकाले सावधानी अपनाउन इन्फ्रारेड थर्मोमिटरको प्रयोग बढेको हो । बिक्री बढेको अवस्थाको फाइदा कालाबजारीले उठाएका हुन्। माघको अन्तिम सातासम्म पनि मेडिकल स्टोरहरूबाट महिनादिनमा एकाध थानमात्रै बिक्री हुने गरेको थर्मोमिटर यतिबेला एकै दिन दर्जनभन्दा बढी बिक्री हुने गरेको औषधिव्यवसायी बताउँछन्।

डेढ महिना अघिसम्म गोटाको १३०० मा बिक्री भइरहेको उक्त थर्मोमिटरलाई अहिले अभाव बताएर व्यवसायीले ४ हजारदेखि ७ हजार रुपैयाँमा बिक्री गरिरहेका छन्। जति परेपनि किन्न तयार भएको बजारको माग देखेर व्यवसायीले आफूखुसी मूल्यमा बेचिरहेको गुनासो ग्राहकको छ। बजारमा ह्याण्ड सेनिटाइजर, मास्क र इन्फ्रारेड थर्मोमिटर बेच्नेहरूले मनपरी असुलीरहेका छन्।

तपाईको प्रतिक्रिया