Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं– कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् ।

सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्रहरीलाई जानकारी गराएपछि उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको थियो ।

त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । उनी बुधबार राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको छ्यालबाट भागेको पाइएको प्रहरीले जनाएको छ ।
ती बिरामीलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन ।
मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

यसैबीच टेकुको आइसोलेसन वार्डबाट बिरामी भाग्ने घटना हुन थालेपछि  प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि प्रहरी र मनोसामाजिक परामर्शदाता राख्न लागिएको जानकारी दिए ।

आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नदिन अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको बताइएको छ ।

केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ ।

यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया