काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) ले अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसी समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।
अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् ।
तीनहजार बढीको मृत्यु भइसकेको छ ।