Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – टोकियो महानगरीय (स्थानीय) सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट जोगिन यो वर्ष हानामी (साकुरा पुष्पावलोकन) मा नजान आग्रह गरेको छ ।

साकुरा फुल्ने मौसम नजिकिदैं गर्दा स्थानीय सरकारले यस्तो आग्रह गरेको हो । सामान्यतयाः जापानमा मार्चको मध्यतिरबाट साकुरा फुल्ने गर्दछ । साकुरा फुल्ने उद्यान, बगैचा, पार्क तथा नदिका किनारतिर हुने भिडभाड र चहलपहलमा जाँदा कोरोना भाइरस फैलने उच्च जोखिम हुने भएकोले सरकारी तहबाटै भएको यस्तो आग्रहले यो वर्षको हानामी प्रभावित हुने भएको छ ।

टोकियो महानगरिय सरकारले भनेको छ- ’कृपया कोरोनाको उच्च जोखिमबाट जोगिन हानामीका साथै साथीभाइ भेटघाट, विविध अवसरजन्य पार्टी, जमघट तथा अन्य भोजभतेरजन्य कार्यक्रमहरुमा पनि सरिक नहुनुहोला ।’

जापानी सञ्चारमाध्यमहरुका अनसार उएनो, योयोगी, सुमिदागावा टोकियामा हानामीका लागि प्रसिद्ध पार्क मानिन्छन् । सरकारको निर्देशनमा अहिले जापानका सबै स्कुलहरु बन्द छन् । र आयोजित ठूला कार्यक्रमहरु रद्द गर्न आग्रह गरिएका छन् । जसअनुसार ठूला ठूला साँगीतिक कार्यक्रम, खेलकूद कार्यक्रमहरु धमाधम रद्द भईरहेका छन् । तथापि बसन्तकालिन सुमो भने इन्डोर गेम भएकोले अझै रद्द गरिएको छैन ।

कोरोना भाइरसको संक्रमण र यसको भयका कारण अहिले विश्वलाई नै आक्रान्त पारेको छ । अहिले जापानमा सार्बजनिक यातायातका क्षेत्रमा उतिसारो भिड देखिन छोडेको छ । सुपरमार्केट, डिपार्टमेन्ट तथा सार्बजनिक स्थलहरुमा पनि मानिसको भिड पातलिन थालेको छ । मास्क, शौचालय पेपर, टिस्यू पेपरको बजारमा चर्को अभाव छ । रेष्टुरेन्ट तथा इजागायाहरुमा ग्राहकहरुको संख्या घट्दो क्रममा छ । कतिपय ब्यवसायीहरुले कर्मचारी कटौती गर्न थालेका छन् भने कतिपयले आफ्ना अस्थायी कर्मचारीलाई अर्को सूचना नभएसम्मका लागि बिदा बस्न भनेका छन् । ब्यवसायीहरुमा चिन्ता बढ्न थालेको छ । यो क्रम कहिलेसम्म हो भन्ने कुनै ठेगान छैन । यसबाट समग्र अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावबारे अर्थविदहरुले समेत अहिलै प्रक्षेपण गर्न सकिरहेका छैनन् ।

शिनओकुबोस्थित एक हेयर शैलुनमा काम गर्ने एक जापानी कर्मचारीले भने – ’यहाँ पहिलेजस्तो भिडभाड अहिले छैन, स्थिति भयावह हुँदै जान थालेको छ । सरकारले चालेको कदमले मानिसहरु अझ अत्तालिएका छन् ।’

जापानमा साकुरा फुल्ने मौसममा हानामी अर्थात पुष्पावलोकन गरेर आनन्द लिने उत्सवकोरुपमा हर्षोल्लासका साथ मनाईने गरिन्छ । यसै मेसोमा विदेशबाट समेत ठूलो संख्याका पर्यटकहरु जापान आउने गर्दछन् । हानामी सिजनले जापानको पर्यटन क्षेत्रमा पुर्‍याउँदै आएको योगदान यो वर्ष गोलमाल हुने भएको छ ।

जापानी सँस्कारअनुसार साकुरा फूल्ने समयावधि अत्यन्तै छोटो अर्थात करीव एक हप्ता हुने भएता पनि असाध्यै आकर्षक एवं मनमोहक बनाउन सक्ने साकुरा फूलको सुन्दर पक्षलाई मानिसको जीवनसंग तुलना गर्दै हाम्रो जीवन पनि छोटो तर सुन्दर छ, त्यसैले सोहीअनुसार जीवनलाई उपयोग गर्न सक्नुपर्छ भन्ने प्रतीककारुपमा लिईने गरिन्छ ।

मौसम विज्ञहरुका अनुसार यो वर्ष टोकियो आसपासका क्षेत्रमा मार्च १७ देखि साकुरा फुल्न सुरु हुने पूर्वानुमान गरिएको छ ।***

तपाईको प्रतिक्रिया