Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुमा राखिएका चार जनामै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

चीनबाट एक जना र कोरियाबाट आएका तीन जना गरी चार जनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया