Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिनियो अस्पतालमा भर्ना गरेको छ ।

इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधवार ओरियन्टलस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ ।

स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा पनि लगाएको थियो ।

इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषदको अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली नपठाइ अस्पताल भर्ना गरेको हो ।

आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्याएको थियो ।

आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेनन् ।

फ्रान्सका १२ प्रान्तमा हालसम्म १ सय ३० जनामा कोरोना संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया