Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरसको प्रकोपका कारण यतिबेला विश्व आक्रान्त छ । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला अन्टार्कटिका बाहेकका सबै महादेशमा पुगिसकेको छ ।

कोरोनाभाइसरको प्रकोप पूर्वमा न्यूजिल्याण्ड देखि पश्चिममा अमेरिकासम्म देखिएको छ । भाइरसको महामारी सबै भन्दा बढी चीनमा छ । चीनमा ८६ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २९ सय जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । चीनबाहिर इरानमा यसको प्रकोप सबैभन्दा खतरनाक छ जहाँ, हालसम्म करिब ६ सय जनामा संक्रमण देखिएको छ ।

इरानको आधिकारिक तथ्यांक अनुसार ४३ जनाको कारोना कै कारण ज्यान गएको छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेको र मृतकको संख्या पनि २ सय नाघेको छ । ६४ मुलुक र भूभागमा यसको संक्रमण देखा परिसकेको छ । पूर्वमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, फिलिपिन्स, सिंगापुर देखि मध्यपूर्वका इरान, कतार, संयुक्त अरब इमिरेट्स यूएई, ओमनसम्म यसबाट संक्रमित देखिएका छन् ।

त्यस्तै, युरोपमा भने इटालीमा यसले सबैभन्दा ठूलो असर पारेको छ । इटालीमा हालसम्म १ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने २९ जनाको ज्यान गइसकेको छ । इटालीसहित जर्मनी, बेलायत, फ्रान्समा पनि यसको प्रकोप देखिएको छ । त्यसबाहेक अफ्रिकी महादेशको इजिप्ट, अल्जेरिया, नाइजेरियासम्म कोरोनाभाइरसको संक्रमण पुगेको छ ।

दक्षिण कोरियामा ३५ सय भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । अमेरिकासमेत पहिलो पटक कोरोनाबाट एक ५० बर्षिय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा गरिएको छ ।

नेपाल उच्च जोखिमको सूचीमा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड-१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओले नेपालसहित पाँच देशलाई उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको हो ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले ढुक्क नबस्न डाब्लुएचओ प्रमुख डा. टेडरोस गेब्रिएसुसले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ,’ उनले भने, ‘सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नू ।’

उच्च सतर्कता अपनाउने सरकारको निर्णय
विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोभिड-१९ को रोकथाममा सरकार जुटेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाभाइरसको जोखिममा रहेको चेतावनी दिएलगत्तै सरकार कोरोना रोकथामको पूर्व तयारीमा जुटेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तयारीका लागि शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूको बैठक बोलाएका थिए । बैठकले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी गर्ने र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । कोरोनाको निरन्तर अनुगमन र निगरानी गर्नका लागि गठन भएको समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्य मन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य छन् ।

तपाईको प्रतिक्रिया