Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – अस्ट्रेलियामा कोरोनाभाइरसबाट पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ।

कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको त्यहाँका संचारमाध्यमले जनाएका छन्।

पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर ती व्यक्तिको उपचार गरिदैं आइएको थियो। उनको आइतबार सबेरै  निधन भएको हो।

ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन्।

कोरोनाभाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो।

त्येसैगरी अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।

अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् । यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया