Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल आउँदो ६ चैतमा पूरा हुंदै छ । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भए पनि गभर्नर नेपाल बिदामा बसेका छैनन् । नयाँ गभर्नरका लागि सिफारिस नभएकोले उनी बिदा बसेका छैनन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

गभर्नर नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी छैन, तर पनि सरकारले यस विषयमा खासै ध्यान दिएको छैन् । ऐनमा उल्लेख भए अनुसार सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री नै हुनेछन् । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने सिफारिस समितिको सदस्यहरुमा एक जना पूर्व गभर्नर हुनेछन् भने अर्को एक जना विज्ञ व्यक्ति सरकारले तोक्नेछ ।

एक महिनाअघि नै गभर्नर नियुक्तिका लागि प्रक्रिया शुरु गर्नुपर्ने भए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले यस विषयमा हतार गरेका छैनन् । यता गभर्नर नियुक्तिमा ढिलाई भए पनि आकांक्षीहरुले राजनीतिक लबिङ भने तीब्र बनाएका छन् ।

राष्ट्र बैंकको गर्भनर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकार ढुकुटी रहने राष्ट्र बैंकलाई बैंकहरुको पनि बैंक भनिन्छ । नयाँ जारी हुने नोटमा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर रहन्छ ।

राजनीतिक नेतृत्वमा घरघरमा यतिबेला आकांक्षीहरु दौडधुप गरिरहेका छन् । गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएका बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी स-परिवार बालुवाटार छिरेका थिए । सिवाकोटीले आफूले लेखेको पुस्तक विमोचन गराउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन् ।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै वहालवाला सञ्चालक डा. सुवोधकुमार कर्णसमेत हुन् । महालेखा परीक्षकका लागि निकै कसरत गरेर पनि हुन नसकेका कर्ण नेकपा निकटकै व्यक्ति हुन् । महालेखापरीक्षक हुन नपाएपछि नेकपाले उनलाई चित्त बुझाउनका लागि राष्ट्र बैंक सञ्चालक बनाएको थियो ।

बैंकिङ विषयमै विद्यावारिधि गरेका कर्णले गभर्नर बन्नका लागि ठूलो कसरतमा जुटेका छन् । केही दिन अघिमात्रै उनी आफूलाई गभर्नर बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । त्यसबाहेक नेकपाका अन्य नेताहरुसंग पनि उनले अहिले हारगुहार गरिरहेका छन् ।

गभर्नरको आकांक्षीहरु यीबाहेक गत २२ माघमा सेवा निवृत भएका अर्थसचिव राजन खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ आकांक्षी छन् ।यसैगरी पूर्वराजस्व सचिव लालशंकर घिमिरे तथा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीसमेत गभर्नरका लागि आकांक्षी हुन् । ***

तपाईको प्रतिक्रिया