Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मोरङका सौरभ लुईटेल, सुनसरीका सन्दिप उप्रेती र धनुषाका अवयकुमार मण्डल आज विहान काठमाडौं उत्रनु भयो । उहाँहरूलाई नेपाल सरकारले चीनको वुहानबाट उद्धार गरि ल्याएको हो । विहान विमानस्थबाट बस चढेर भक्तपुरको खरिपाटीको क्वारेनटाइनमा आएपछि युद्ध जितेको जस्तो अनुभव भयो ।

सुरुमा नेपाल सरकारले उद्धारमा ढिलो गरेकोमा आक्रोशित थियाे उहाँहरूमा तर जब क्वारेन्टाइन स्थलमा पुग्नुभयाे त्यस पछि निक्कै खुसी हुनुभयाे । भारत र बंगलादेशका विद्यार्थीहरुको उद्धार एक साताअघि भए पनि नेपाल सरकारको तयारी भारत र बंगलादेशको भन्दा अब्बल भएको मोरङका सौरभ लुईटेलले अनुभव सुनाउनुभयो । हामीले वीच्याट र फेसबुकमा फोटो हेर्दा भारत र बंगलादेशको भन्दा नेपालको निक्कै क्वारेन्टाइन निकै राम्रो भएको लुईटेलले बताउनुभयो ।

भारत र बंगलादेशमा जस्ताबाट बनाइएको क्वारेनटाइमना राखिए पनि नेपालमा भने पक्की र राम्रो वातावरण भएको ठाउँमा आफूहरुलाइ राखिएको उहाँले बताउनुभयो । ‘बंगलादेशमा राखिएको क्वारेनटाइमा बाहिर निस्कने वित्तिकै बालुवा उड्ने गरे पनि यहाँ सफा वातावरणमा राखिएको छ, यो निक्कै खुसीको कुरा हो’ लुइटेलले टेलिफोन सम्पर्कमा बताउनुभयो ।

त्रिभु्वन अन्तराष्टिय विमानस्थलबाट भक्तपुरमा आएसँगै उहाँहरु नेपालको तयारी देखेर औधि खुसी हुनु भएको हाे । ‘अब हामीलाइ १४ दिन यहाँ राख्ने जानकारी आएको छ’ लुईटेलले भन्नुभयो ।  बिहान ४ बजे खरिपाटीमा आएपछि आफूहरुले ठूलो मानसिक तनावबाट मुक्ति पाएको उहाँहरुको अनुभव छ । कोरोना लाग्ने र नलाग्नेभन्दा आफूहरुले ठूलो मानसिक समस्या भोगेको खरिपाटी क्वारेनटाइनमा आइतबार बिहानबाट रहनु भएकाहरुको अनुभव छ ।

बुहानमा २३ जनबरीबाट पब्लिक सर्भिसमा ब्लक गरेसँगै आवश्यक सामाग्रीको अभाव सृजना भएसँगै त्यहाँ बस्ने विदेशीले पीडा भोगेका थिए । विश्वविद्यालयले सकेको सहयोग गरे पनि सबैलाइ सबै कुरा दिन नसक्ने अवस्था भएपछि हामीले नेपाल सरकारसँग उद्धारको माग गरेका हौं लुइटेलले भन्नुभयो । सबैभन्दा समस्या भनेको खानेपानीको त्यहाँका नागरिकहरुले झेलेका उहाँको अनुभव छ ।

बिहान खरिपाटी झरेपछि केहीबेर आराम गर्नुभएका उहाँहरुलाइ क्वारेनटाइन व्यवस्थापनले अण्डा चना र ब्रेड ख्वाएको छ भने सबैको तापक्रमको परीक्षण गरिएको छ । कसैमा पनि उच्च तापक्रम देखिएको छैन अहिले खाना खानु अगाडि सबैको रगतको नमुना संकलन भैरहेको छ । अहिले क्वारेन्टाइनमा १७५ जना चीनबाट ल्याइएका नेपालीलाइ राखिएको छ । –गोरखापत्रबाट 

तपाईको प्रतिक्रिया