Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाण्डौ – दोलखा र रामेछापको सीमानामा निर्माण भैरहेकाे ४८.२ मेगावाटको खिम्ती-२ र रसुवाको लाङटाङमा निर्माणाधीन अवस्थामा रहेकाे २० मेगावाट क्षमताको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन गएका कामदार  नेपाल नफर्केपछि आयोजानको काम ठप्प भएको हो । गएको २३ जनवरीमा नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार कोरोना फैलिएपछि नेपाल फर्किन सकेका छैनन्  ।

खिम्ती-२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लू टिडब्लू) ले लिएको थियो ।

तपाईको प्रतिक्रिया