Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुवे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ। उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या हजार नाघेको छ।

चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ।चिनियाँ कम्युनिस्ट पार्टीबाट हुवे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्। त्यसैगरी चन्दा हिनामिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।
सोमवार एकैदिन १सय ३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।

हुवेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ। अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो।

अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२ हजार २०० व्यक्ति छन्।

हुवे प्रान्तको स्वास्थ्य आयोगले सोमवार १ सय ३ जनाको मृत्यु भएको जनाएको छ।आइतवार मृत्यु हुनेको सङ्ख्या ९७ थियो। आयोगका अनुसार हुवेमा मात्र ३१ हजार ७ सय २८ जना कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका बिरामी छन्। उक्त प्रान्तमा सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। त्यहाँ बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ। चीनभरि भने कुल मृतकको सङ्ख्या १ हजार ११ पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।

यसैबीच चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन्। तर उनी अहिलेसम्म हुवे गएका छैनन्। सीले उक्त भाइरस नियन्त्रण गर्न ‘थप निर्णायक उपाय’ आवश्यक भएको टिप्पणी गरे।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया