Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल एयरलाइन्सले फागुन फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले एयरबसको ए ३३० वाइडबडी जहाजबाट उडान गर्ने भएको हो ।

हप्तामा तीन उडान गर्ने एयरलाइन्सले यसअघि जापानकै ओसाका उडान गर्दै आएको छ । सोमबार, बुधबार र शुक्रवार उडान हुने एयरलाइन्सले जानकारी दिएको छ । काठमाडौंबाट बिहान १:२५ मा जहाज उड्ने छ भने नारितामा स्थानी समयअनुसार बेलुका ६:२५ मा अवतरण हुने एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले काठमाडौं-नारिता उडानका लागि प्रबर्द्धनात्मक भाडादर निर्धारण गरेको छ । एयरलाइन्सका अनुसार नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ ।

विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने एयरलाइन्सले जानकारी दिएको छ ।

नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त हुनेछ ।

तपाईको प्रतिक्रिया