Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कोरोना भाइरस संक्रमणको आशंकामा हङकङमा चार दिनदेखि एक पानीजहाजभित्रै थुनिएका सयौं यात्रुले छुटकारा पाएका छन्।

भाइरस फैलिएको आशंकामा वर्ल्ड ड्रिम क्रुज (पानीजहाज)मै कैद भएका ३ हजार ६ सय यात्रु र चालक दल परीक्षणपछि मुक्त भएका हुन्।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीमार्फत् कोरोना भाइरस पानीजहाजमा फैलिएको हुनसक्ने आशंकामा उनीहरूलाई चार दिनसम्म निगरानीमा राखिएको थियो।

कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ (भाइरस संक्रमण नभएको) पाइएपछि उनीहरूलाई त्यहाँबाट बाहिर निस्कन अनुमति दिइएको बीबीसीले जनाएको छ।

यसैबीच जापानमा अर्को पानीजहाजमा कोरोना भाइरसबाट संक्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको छ।

चीनकाे उहानबाट सुरु काेराेना भाइरसको संक्रमणबाट अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया