Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७,००० भन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् । कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ ।

तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रय वैज्ञानिकहरुको समर्थन प्राप्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् ।

तपाईको प्रतिक्रिया