Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । नोबेल कोरोनाभाइरस फैलिएकोले चीनमा नेपालीहरू कैदी जस्तै कोठाभित्र बसिरहेको भन्दै आयोगले सरकारलाई तत्कालै उद्धार गर्न आइतबार निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता वेद भट्टराईका अनुसार आयोगको आकस्मिक बैठक बसेर चीनमा रहेका १८५ विद्यार्थीसहित अन्य नेपालीलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो । चीनमा रहेका नेपालीको अवस्था र स्वदेश फर्काउनेबारे सरकारले गरिरहेका कामबारे परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाएर जानकारी लिने निर्णय पनि भएको उनले जानकारी दिएका छन् ।

‘चीनमा रहेका नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्कने व्यवस्था मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया