Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो । यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ ।

भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म निकासी भने शुरू भएको छैन ।

सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए । सोमवारदेखि निर्यातको तयारी भएको एक उद्योगीले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनाल, मिलन विश्वकर्मा र वेदराज पौडेलले लेखेका छन् ।

तपाईको प्रतिक्रिया