Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो ।

शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ ।

साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ । चीनमा अहिलेसम्म ५ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्रमित छन् ।
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस अहिलेसम्म विभिन्न २७ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया