Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु-याउँछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ ।केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ ।

माछाः माछाको सेवनले शरीरलाई निकै फाइदा पु-याउँछ । यसले छालालाई चमक दिनुका साथै शरीरमा आवश्यक पोषक तत्व दिन्छ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

प्याजः प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

तिलः दूध र तिल कहिल्यै पनि सँग–सँगै नपिउनुहोस् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि विरारी हुनसक्छ ।

कागतीः कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।

दहीः दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।

मुुला र जामुनः यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

करेला र नुनः कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।

तपाईको प्रतिक्रिया