Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – यो वर्ष नेपालमा  मूल्य वृद्धिको किर्तिमानहरु कायम भएका छन् । सुन देखि लसुनसम्मको मूल्य बढेर अहिलेसम्मकै किर्तिमान कायम भएको छ ।

यस वर्ष सुनको मूल्य बढेर प्रतितोला ७६ हजार कट्यो । यसमा अझै उतारचढाव कायमै छ ।
हालैमात्र लसुनको मूल्य बढेर प्रतिकेजी छ सय रुपैयाँ कट्यो । स्थानीय उत्पादनमा कमी आउँदा र कोरोना भाइरसका कारण चीनको नाका बन्द हुनाले मूल्य एक्कासी आकाशियो ।
प्याजको मूल्य बढेर यसै वर्ष तीन सय रुपैयाँ प्रतिकेजी पुगेको थियो । अहिले आयात सुचारु भएपछि मूल्य प्रतिकेजी एक सय रुपैयाँमा झरेको छ ।

मासुको मूल्यले पनि किर्तिमान कायम गरेको छ । ब्रोइलर प्रतिकेजी पाँच सयको हाराहारीमा पुगिसकेको छ । खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँ नाघेको छ ।

दैनिक उपभोग्य सामाग्रीहरुको मूल्यले पनि किर्तिमान कायम गरेको छ । यस वर्ष गोलभेडा झण्डै दुई सय रुपैयाँ प्रतिकेजी सम्म पुग्यो । भान्छामा दैनिक आवश्यक सामाग्रीको मूल्यवृद्धिले भने उपभोक्ता मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया