Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट प्रभावित चीनको उहानबाट नेपाली विद्यार्थीलाई ल्याउने काम प्रक्रियामै रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा मङ्‌गलबार कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको तयारीबारे जानकारी दिँदै उनले चीनबाट ल्याइएका विद्यार्थीलाई राख्ने स्थान र सङ्क्रमण देखिए उपचारका लागि आवश्यक व्यवस्था गर्ने काम भइरहेको बताएका हुन् ।

‘चीनस्थित नेपाली दूतावासले १ सय ८० जनाको नाम सङ्‌कलन गरिसकेको छ,’ मन्त्री ढकालले भने, ‘उनीहरूलाई ल्याउन सरकार तयार छ, तर उनीहरूलाई ल्याउनुभन्दा पहिले चीनमै कोरोना भाइरसको परीक्षण हुन्छ, त्यो परीक्षणबाट पोजेटिभ देखिएको व्यक्तिलाई चीन सरकारले पठाउँदैन । सङ्क्रमित नभएको सुनिश्चित भएपछि मात्र यहाँ सुरक्षित तवरले ल्याइनेछ ।

चीन सरकारसँग समन्वय गरेर विद्यार्थीलाई ल्याइने उनले बताए । ‘विद्यार्थीहरुलाई कुनै बिलम्ब नगरी ल्याउन सरकार जुटेको छ । तर, ल्याएका व्यक्तिहरूबाट रोग नआओस भनेर लाग्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘पूर्णरूपमा जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याइन्छ ।’

मन्त्री ढकालले चीनबाट ल्याएपछि कहाँ राख्ने भन्नेबारे लगभग निश्चित भइसकेको बताए । ‘यहाँ एयरपोर्टमा रिसिभ गर्दादेखि नै हामीले सावधानी अपनाउनुपर्छ । सामान्य हिसाबले हाम्रो छोराछोरी विदेशबाट आएजस्तो गर्न मिल्दैन,’ उनले भने, ‘ल्याउनसाथ उनीहरूलाई विशेष निगरानीमा राख्नुपर्छ । बस्ती भएको स्थानबाट टाढा राख्नुपर्छ भन्ने सरकारको बुझाइ छ। ठाउँ नै पाएन भनेर बानेश्वरमा ल्याएर राख्न मिल्दैन ।’

चीनबाट ल्याइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए ‘आइसोलेटेड बेड’मा राखेर उपचार गर्ने तयारी गरिएको उनले बताए। तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा बेडको व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी दिए। अन्य अस्पतालसँग पनि यसको तयरीका लागि कुरा भइरहेको उनको भनाइ छ ।

यसका साथै उपत्यका बाहिर पोखरा, चितवन र भैरहवामा हेल्थ डेस्कको व्यवस्था गरिएको उनले बताए । नेपालमा हालसम्म उहानबाट आएका एक जना विद्यार्थीमा मात्र कोरोनाको सङ्क्रमण देखिएको मन्त्री ढकालले बताए ।  सङ्क्रमितको आशङ्कमा अन्य १३ जनाको परीक्षण गरिए पनि ‘नेगेटिभ’ नतिजा आएको उनले प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया